दमक/ साहित्य कला सङ्गम दमकले रचना वाचनकाे २७ ओे श्रृङ्खला एक कार्यक्रमका बिच पुरा गरेकाे छ । साहित्य कला सङ्गमकाे आयाेजनामा भएकाे रचना वाचन कार्यक्रममा साहित्यकार हरु बिष्णु प्रसाद न्याैपाने, यादव प्रसाद अधिकारी झाक्रिखाेले ,ओमप्रसाद खनाल, हरि पराजुली ,गाेपाल प्रसाद दहाल, बिरेन्द्र खडका,डा.लेखनाथ न्याैपाने ,मेघनाथ बन्धु, , छविराम न्याैपाने,भूमी वास्काेटा,अम्विका प्रसाद सापकाेटा, राकुमार उपाध्याय, मात्रिका पाैडेल, हिमाल सुब्बा,लगायतले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए । साहित्य कला सङ्गमका अध्यक्ष विष्णु प्रसाद न्याैपानेकाे अध्यक्षता भएकाे थियाे । साहित्य कला सङ्गमले हरेक महिनाकाे पहिलाे शुक्रवार नियमित रचना वाचनकाे कार्यक्रम सञ्चालन गर्दै आएकाे छ ।