दमक/ झापाको कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा यहि असार १३ गतेदेखि प्रथम पूरानो तोपगाछी केर्खा महोत्सव–२०८० हुने भएको छ । स्थानीय केर्खा स्टार क्लवले लागु औषध बिरुद्धको दिवसको अवसर पारेर आयोजना गरेको पत्रकार सम्मेलनमा सो बारे जानकारी गराइएको हो। क्लवका सचिव तथा महोत्सव मूल आयोजक समितिका संयोजक दुर्गाप्रसाद कोइरालाका अनुसार महोत्सवमा स्थानीय जनजातिका खाद्यपरिकार, प्रर्दशनीसहित विभिन्न खेलतमासाहरु सञ्चालन हुने छन् ।

त्यस्तै, दैनिक स्थानीय तथा राष्ट्रियस्तरका चर्चित कलाकारहरु मेलिना राई,तृष्णा गुरुङ, एलिना चौहान,लाहुरे लगायतको दमदार प्रस्तुति रहने जनाईएको छ । महोत्सवमा प्रवेश शुल्क रु १ सय राखिने जनाईएको छ ।

महोत्सव सफल बनाउन क्लवले सवै तयारी पूरा गरिसकेको अध्यक्ष कोइरालाले बताए । उनले महोत्सवबाट संकलन हुने सहयोग रकमबाट यस क्षेत्रमा लागूऔषध दुव्र्यसन विरुद्ध सचेतनामूलक अभियान सञ्चालन गरिने जानकारी दिए । महोत्सव सामाजिक कार्यका लागि भएकाले पनि यसलाई सफल संगै व्यवस्थित हुनेमा क्लव विश्वस्त रहेको उनको भनाई छ ।

Facebook Comments Box