दमक/नेपाल तरुण दल झापा क्षेत्र नं ५ ले आज १२ औं गणतन्त्र दिवसका अवसरमा अनाथ तथा शारिरिक अपाङगता भएका बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ ।

 

तरुण दलले शनिअर्जुन नगरपालिका वडा नं ८ मा पर्ने अपाङग बाल शिक्षा सरोकार केन्द्र विर्तामोडमा बस्दै आएका १२ बालबालिकाका लागि लत्ताकपडा, शैक्षिक सामाग्री र खाद्यन्न सहयोग गरेको हो । तरुण दल क्षेत्र नं ५ का संयोजक गोकुल श्रेष्ठको नेतृत्वमा गएको तरुणहरुको टोलीले सो केन्द्रमा पुगेर सो केन्द्रका संस्थापक एवम् सञ्चालक समिति अध्यक्ष कृष्ण दुलाललाई ति सामग्री हस्तान्तरण गरेको थियो ।

 

सो अवसरमा तरुण दलका दमक नगर सचिव सुकपाल नेम्वाङ, दमक १० का तरुण दल अध्यक्ष नरेन्द्र अधिकारी, युवा सामाजिक व्यक्तित्वहरु विनोद बस्नेत, रामबाबु धिमाल, सामाजिक कार्यकर्ता चाँदनी बस्नेत, दमकका युवाहरु फौदसिंह गहतराज, सुरज खड्का, प्रकाश अधिकारी लगायत सहभागी थिए । तरुण दलले आजै दमक २ स्थित हाम्रो बाल आश्रमका ३ जना बालबालिकालाई पनि सहयोग हस्तान्तरण गर्ने र गणतन्त्र दिवसको अवसरमा दमक चौकमा दिपप्रज्वलन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

 

Facebook Comments Box