दमक/ साहित्य कला सङ्गमको आयोजनामा नेपाल र भारतका साहित्यकार हरुको साहित्यिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा दमकका साहित्यकारहरु मेघराज तिम्सिना, खेमलाल पोखरेल, बिन्दु दहाल मुकदर्शक, दीपक सुवेदी ,विवश बलिभद्र कोईराला,ओमप्रसाद खनाल, हरि पराजुली,गोपालप्रसाद दहाल, विरेन्द्र खडका, डा.लेखनाथ न्यापाने, एन बी. दहाल लगायतले भारतबाट आएका साहित्यकारलाई स्वागत गरेका थिए ।
भारतको असम ,सिक्किम ,मेघालय,सिलिगुडी, दार्जेलिङका साहित्यकारहरु ज्ञानेन्द खतिवडा ,प्रेम मगर ,कृष्ण प्रधान,सुकराज दियाली,भवानी शर्मा ,कालुसिहं रनपहेली,पुर्ण मगर, मुकेश रेग्मी,बिनोद खनाल,अस्मिता राई,जिविका अश्रु,अर्जुन चाम्लिङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा र असम साहित्य प्रतिष्ठानका अध्यक्ष दुर्गा खतिवडाको प्रमुख आतिथ्यमा भएको थियो । संस्थाका महासचिव दीपक सुवेदीले स्वागत गरेको कार्यक्रम सचिव बिवश बलिभद्र कोईरालाले सञ्चालन गरेका थिए । कार्यक्रममा स्रष्टाहरुले आआफना रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा डा. लेखनाथ न्यौपानेद्वारा लिखित पुस्तक मेरो देश प्रमुख अतिथिलाई हस्तान्तरण गरिएको थियो ।