दमक/दमक ६ स्थित गोल्डेन गेट बचत तथा ऋण सहकारी सस्थाले छैठौं बार्षिक चुनावी साधारणसभा सम्पन गरेको छ ।

सस्थाका अध्यक्ष गजेन्द्र निरौलाको अध्यक्षता र जिल्ला बचत तथा ऋण सहकारी सघका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख अतिथ्यमा भएको साधारण सभामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरु र कर्मचारीलाई पुरस्कृत एवम् सम्मान गरिएको संस्थाका उपाध्यक्ष रेवतचन्द्र भण्डारीले जानकारी दिए ।
सभाले पुन गजेन्द्र निरौलाको अध्यक्षतामा रहेको सञ्चालक समितिलाई आगामी कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको व्यवस्थापक प्रकाश रिजालले बताए । समितिको उपाध्यक्षमा रेवतचन्द्र भण्डारी र सदस्यहरुमा लोकनाथ घिमिरे, राजु खड्का, अमृत कार्की, राजन गजमेर, सरिता न्यौपाने, विरेन्द्र बोहोरा र निराजन केसी रहेका छन् । सो सहकारीमा ८ सय ७५ महिलासहित कूल २ हजार ४ सय ३८ जना सदस्य रहेका प्रतिवेदनमा जनाइएको छ । भने कूल चुक्ता शेयर पुँजी ३ करोड ८२ लाख ९७ हजार रुपैयाँ रहेको व्यवस्थापक रिजालले बताए ।

Facebook Comments Box