दमक/ साहित्य कला सङ्गम दमक सहित तीन वटा संस्थाले संयुक्त रुपमा २१०औँ भानु जयन्ति मनाएका छन् । ज्येष्ठनागरिक सम्मान प्रतिष्ठान नेपाल तथा भट्टराई कुल बंश प्रतिष्ठान छाेरी बुहारी सञ्जाल दमक-५ले भानु जयन्ति बिशेष कार्यक्रम गरेका हुन्।
ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालकाे सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्रतियाेगीतात्मक रामायण वाचन र प्रतियोगितात्मक कविता वाचन कार्यक्रम भएको थियो । प्रा.डा. गाेपाल भण्डारीकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा दमक नगरपालिकाका पूर्व नगर प्रमुख राेमनाथ ओली, प्रलेस काेसी प्रदेशका सचिव राजेन्द्र सर्वहारा, भट्टराई कुल वंश प्रतिष्ठानका अध्यक्ष शेर बहादुर भट्टराई , दमक प्रज्ञा प्रतिष्ठानका पूर्वअध्यक्ष हेमनाथ अधिकारी, साहित्यकला सङ्गम दमकका अध्यक्ष विष्णुप्रसाद न्याैपाने, ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालका उपाध्यक्ष डाेयना दाहाल लगायकाे आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा रामायण वाचन तर्फ पूर्णमाया बस्नेत प्रथम, गाेबिन्द न्याैपाने द्वितीय , राधिका देवी अधिकारी तृतीय र सन्ध्या भट्टराई सान्त्वना भएका थिए । यसैगरी कविता वाचन तर्फ गरिमा न्याैपाने प्रथम, कमला धिमीरे द्वितीय र ईशान केरुङ तृतीय भएका थिए।
कार्यक्रममा साहित्यकार बाला भट्टराईद्वारा निर्देशित घाँसी भानुभक्त सम्वाद नामक नाटक समेत प्रस्तुत गरिएकाे थियाे । कार्यक्रममा साहित्यकारहरु बिन्दु दहाल मुकदर्शक, हरि पराजुली, गाेपाल दहाल, अम्विकाप्रसाद सापकाेटा, डिल्ली निराैला, मेघनाथ बन्धु, कमल भट्टराई, रघुनाथ भण्डारी लगायत २५ भन्दा बढीले कविता वाचन गर्नुभएको थियो भने २३ भन्दा बढीले रामायण वाचन गरेका थिए ।
पूर्व शिक्षक तथा समाजसेवी कमल प्रसाद दाहालकाे परिवारले स्थापना गरेको भानुभक्तको शालिक परिसरमा वर्षेनी हुने कार्यक्रममा हुने सबैखाले प्रतियोगिताहरुमा लाग्ने पुरस्कारको व्यवस्थापन उहाँकै परिवारले गर्नेहुँदा यसपटकको पुरस्कार पनि दाहाल परिवारले नै गरेको थियो । ज्येष्ठ नागरिक प्रतिष्ठानले अध्यक्षता गर्ने र साहित्यकला सङ्गमले सञ्चालन गर्ने सम्झौता भए अनुसार सङ्गमका काेषाध्यक्ष ओमप्रसाद खनाल र सचिव विवश बलिभद्र काेइरालाले सयुक्त रुपमा सञ्चालन गरेका थिए ।
कार्यक्रममा भएका प्रतियाेगीताहरूकाे मुल्याङ्न सङ्गमका उपाध्यक्ष साहित्यकार यादवप्रसाद अधिकारी झाँक्रीखोलेको संयोजकत्वमा पदम प्रसाद रेग्मी र ज्याेति भट्टराईले गरेका थिए । कार्यक्रममा साहित्यकारका अतिरिक्त ज्येष्ठ बुबाआमाहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।
