दमक/ नेपाल बिद्यार्थी संघ दमक बहुमुखी क्याम्पस इकाई समितिले गणतन्त्र दिवसको अवसर पारेर आज दमक २ स्थित हाम्रो बाल आश्रमका बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।

दमक–२ मा हालै जनस्तरबाट सञ्चालनमा ल्याइएको सो आश्रममा रहेका बालबालिकाहरुलाई नेविसंघ झापाका सभापति भुवन बुढाथोकीको प्रमुख उपस्थितीमा शैक्षिक सामाग्रीहरु बितरण गरिएको हो ।
सो अवसरमा दमक बहुमुखी क्याम्पसका स्ववियु सभापति बिनोद चापागाई , नेविसंघ दमक नगर समितिका सभापति पासाङ तामाङ, नेपाली कांग्रेस दमक–२ का सभापति पुष्प तिम्सिना, बिद्यार्थी संघका झापा उपसभापति निरज दुलाल, दमक क्याम्पस ईकाई सभापति द्रोण दाहाल, आश्रम सञ्चालक समितिका अध्यक्ष प्रकाश थापा लगायत सहभागी थिए ।
त्यसैगरी राजेन्द्र उप्रेती सभापति रहेको नेविसंघ झापाको जिल्ला समितिले विर्तामोड १० स्थित चमरधाम आधारभुत विद्यालयका बालबालिकाका लागि भाग्य बोक्ने झोला ( स्कूल व्याग) वितरण गरेको छ । त्यहाँ ५५ जना भन्दा बढी विद्यार्थीलाई झोला वितरण गरिएको नेविसंघले जनाएको छ । विर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्य र पार्टीका स्थानीय नेता नविन विमलीको विशेष आतिथ्यमा भएको सो कार्यक्रममा नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीको सभापतित्व रहेको थियो । कार्यक्रममा जिल्ला कोषाध्यक्ष नवराज ढकाल, नेविसंघका जिल्ला नेता भवानी काफ्ले, नारायण नेपाल लगायतको उपस्थिती रहेको थियो ।