दमक/ दमकका सामाजिक व्यक्तित्व तथा ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष भवानी प्रसाद दाहालले जन्मदिनको अवसर पारेर आफनो जीवनीमा आधारित कृति जिवनको यात्रा प्रकाशन गरेका छन । प्रकाशित कृतिको ३० असारमा परेको दाहालको जन्मदिनको अवसर पारेर बिमोचन गरिएको हो ।
संबिधान सभा सदस्य समेत रहेका नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्की , प्रदेश सभा सदस्य होम बहादुर थापा, पूर्व सांसद तारा सम्यङ्याले संयुक्त रुपमा दाहालको सो कृति बिमोचन गरेका छन ।
गौरादह क्याम्पसका पूर्व क्याम्पस प्रमुख गोपाल काफ्लेले कृतिमाथी समिक्षात्मक टिप्पणी गरेका थिए ।
जेष्ठ नागरिक जिल्ला संघ झापाका उपाध्यक्ष सुर्य नारायण गणेश र नेपाल रेडक्रस सोसाईटी उपसाखा दमकका अध्यक्ष प्रकाश बुढाथोकीले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेम अधिकारी,प्रतिभा निकेतका अध्यक्ष मेघराज तिम्सिना, ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका अध्यक्ष सीताराम खतिवडा, लगायतको आतिथ्यता रहेको थियो ।
सामाजिक तथा साहित्यिक व्यक्तित्वहरु खेमलाल पोख्रेल, पशुपतिराज गौतम, धनञ्जय बाँस्कोटा, ओमप्रसाद खनाल,गोपाल प्रसाद दहाल,रघुुनाथ खरेल, बेनुप्रसाद चुडाल लगायतको उपस्थिती रहेको थियो भने ज्येष्ठ नागरिक जिला संघ दमक नगर समितिका संस्थापक अध्यक्ष लक्ष्मी प्रसाद थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राध्यापक कमलप्रसाद दहालले स्वागत मन्तव्य राखेका थिए ।