दमक / दमक -६ स्थित साधना बचत तथा ऋण सहकारी संस्था यो बर्ष साधारण सभा गर्ने सहकारी संस्थाहरु मध्ये साधना साकोस  झापा जिल्लामै पहिलो सहकारी संस्था बनेको छ ।  संस्थाले शुक्रबार गरेको १२ औं साधारण सभा झापा जिल्लामै पहिलो भएको बताइएको छ ।  सहकारी सञ्चालनका मापदण्डहरु मध्ये सदस्यहरुलाई संस्थाको बार्षिक गतिबिधिका अतिरिक्त समग्र अवस्था र भावी रणनीतिक योजनाहरु तय गर्ने सबैभन्दा ठुलो अंगका रुपमा साधारण सभालाई लिइन्छ ।

शुक्रवार दमक उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम गरि आफनो १२ औ बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित सभामा संस्थाका अध्यक्ष बिष्णु न्यौपानेले अध्यक्षको प्रतिवेदन र लेखा समितिकातर्फबाट लेखा संयोजक सोमनाथ चम्लागाईले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोहि सभामा शेयर सदस्यका परिवारबाट एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने सामुदायिकतर्फ आकृति दाहाल र संस्थागततर्फबाट छात्र नमन अग्रवालसहितलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस्तै,गतवर्ष संस्थामा उत्कृष्ठ कारोवार गर्ने संगीता श्रेष्ठ,प्रमिला मिश्र दाहाल, तिलु राई,देवेन्द्र बराल,रहिस्मा श्रेष्ठ,मनमाया आचार्य लगायत २० जना शेयर सदस्यलाई समेत पुरस्कृत गरिएको थियो ।

सभामा उपप्रमुख भट्टराईसहित दमक ६ का वडाअध्यक्ष टेकबहादुर थापा, मेनेजर क्लव झापाका अध्यक्ष खोमप्रसाद बगाले,जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेम कोइराला, संस्थाका संस्थापक अध्यक्ष गोपाल गुरागाई लगायतले सहकारीको बारेमा चर्चा गरेका थिए ।

Facebook Comments Box