दमक/ दमक ६ स्थित शुभकामना बचत तथा ऋण सहकारी संस्थाले सातौं बार्षिक साधारण सभाको अवसर पारेर आज उत्कृष्ट शेयर सदस्यहरुलाई पुरस्कार तथा ज्येष्ठ शेयर सदस्य, एकल महिला र पत्रकारलाई सम्मान गरेको छ ।

संस्थाले उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरुसहित संस्थाको वजेट ,नीति तथा कार्यक्रम समेत पारित गरेको थियो । साधारणसभाको उद्घाटनमा उत्कृष्ट बचत तर्फ २५ जना, कर्जातर्फ १२ ,२२ जना ज्येष्ठ शेयर सदस्य र पाँच जना एकल महिला शेयर सदस्यलाई सामूहिक रुपमा सम्मान गरिएको थियो । पाँच जना बाल बचतकर्तालाई समेत प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको थियो ।

साधारणसभामा वर्ष उत्कृष्ठ कर्मचारीका रुपमा अरुणा लिम्बु,उत्कृष्ठ बजार प्रतिनिधि पुरस्कारवाट भिममाया दर्जी, हिरो अफ द इयर अवार्डवाट व्यवस्थापक विश्वकर्मालाई नगदसहित पुरस्कृत गरियो भने कर्मचारीहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो । उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी, दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, जिल्ला सहकारी संघका सदस्य प्रेमकुमार कोइराला लगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।
सो सभामा संस्थाका अध्यक्ष चन्द्रबहादुर गजमेरले सञ्चालक समितिका तर्फवाट अध्यक्षको प्रतिवेदन र लेखा संयोजक टिकाराम अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पत्रकारिता पुरस्कार सुव्वालाई
गतवर्षदेखि वितरण गर्दे पत्रकारिता पुरस्कारवाट पत्रकार विष्णु सुब्बा पुरस्कृत भएका छन् । लामोसमयदेखि दमकलाई कर्मथलो वनाएर सहकारीका क्षेत्रमा कलम चलाएवाँपत सुब्बालाई सहकारीले नगद ५ हजार एक सय र सम्मान पत्र सहित पुरस्कृत गरेको हो ।
साधारणसभाको उद्घाटनमा क्रममा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले सुब्बालाई सो सम्मान प्रदान गरेकी थिईन् । दुई दशक देखि पत्रकार सुब्बा राससको जिल्ला स्ट्रिङ्गरका काम गरिआएका छन् भने दुई वर्षदेखि हाम्रो दमक डटकम अनलाइन न्यूज पोर्टलका कार्यकारी सम्पादकका रुपमा कार्यरत छन् । भदौमा मात्र सुब्बा दमकको स्वर्णलक्ष्मी र फाल्गुनन्द शाकोसले वितरण गर्देआएको सहकारी पत्रकारिता पुरस्कारवाट पुरस्कृत भइसकेका छन् ।

Facebook Comments Box