सुनसरी/  ईटहरी उप-महानगरपालिका-२ शान्तिनगरबाट प्रहरीले  ठुलो परिणामको प्रतिबन्धित लागूऔषध सहित मेडिकल हल संचालकलाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले  दुर्गा मेडिकल हल संचालन गर्दै आईरहेका सुनसरी देवानगञ्ज गाउँपालिका-७   ४०  बर्षिय बिकाश थान्दारलाई पक्राउ गरेको हो ।

प्रहरीले उक्त मेडिकल पसलबाट अवैध लागूऔषध नाईट्राभेट-३ हजार चक्की, लुपिजेसिक-१ सय ९९ एम्पुल, फेनारगन-१ सय ९६ एम्पुल र डाईजेल्याव-१ सय ९३ एम्पुल बरामद गरेको छ । लागूऔषध सहित पक्राउ परेका मेडिकल संचालक थान्दारलाई इलाका प्रहरी कार्यालय ईटहरीमा  थप अनुसन्धान भईरहेको छ ।

Facebook Comments Box