दमक/संघीय लोकतान्त्रिक राष्टिय मञ्च, संघीय लिम्वुवान मञ्च नेपालले आसन्न यहि मसिंर १४ गते हुने उप निर्वाचनको तयारीका लागि बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङको संयोजकत्वमा प्रान्तीयस्तरको उपनिर्वाचन परिचालन समिति गठन गरेको छ ।समितिका सदस्यहरुमा प्रदेश सभा सदस्य तथा उपाध्यक्ष बिष्णु तुम्बाहाम्फे, उपाध्यक्ष चन्द्र खापुङ् रहेका छन् ।

मञ्चले देशभरिका रिक्त स्थानमा उम्मेद्वार दिने गृहकार्य शुरु गरिसकेको पनि जनाएको छ ।
सो अन्तर्गत अहिले सम्म एल भी, महिला, बिद्यार्थीको अधिबेशन र भेला सम्पन्न भएको छ । दुइ महिना पन्ध्र दिन भित्रमा जनबर्गीय संगठनहरुको विनियम र बिधान तयार गरेर पदाधिकारी मिटिंगमा पेश गर्ने र त्यहाँ छलफल पछी हुने प्रान्तीय मिटिङ्गमा पेश गर्नका लागि समितिहरु गठन गरिएको छ ।

एल भी र युवाको संगठन समरचना परिभाषित गर्दै युवाको विनियम निर्माणमा बरिष्ठ उपाध्यक्ष ज्ञबहादुर गुरुङ र उपमहसचिब चन्द्र सिंह नेम्बांग , मजदुर– महासचिब संगम खनाल,
भूपू सैनिक र प्रहरी संगठन – सचिब गजेन्द्र चोङबाङ क्याक ,पत्रकार – उपमहासचिव दिल कुमार लावती
, किसान – महासचिब यलम्बर खम्बु
स्वायत्त क्षेत्र मंच– स स साजन याख्या
कलाकार– महासचिब अशोक चेम्जोंग र कलाकार अध्यक्ष राज खिम्दिंग
शिक्षक– महासचिब शान्ता योङहाङ
लेखक– महासचिब थाङसाङ लावती
बुद्धिजीवी– उपादक्ष्य टंक खापुंग
तुम्याहांङ– उपादक्ष्य डीबी खुदांग
भूमिहीन र सुकुम्बासी – दलित शिल्पी अध्यक्ष रमेश गजमेर र भूमिहीन संयोजक– परशुराम तामाङ्
रहेका छन् । २०, २१ र २२ गते संघीय लोकतान्त्रिक रास्ट्रिय मंच, संघीय लिम्बुवान मंच, नेपालको बृहत केन्द्रीय र प्रान्तीय बैंठक केन्द्रीय अध्यक्ष कुमार लिङदेन मिराकको अध्यक्षतामा सम्पन्न सो लगायत विभिन्न महत्वपूर्ण निर्णयहरु पारित गरेको आज जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Facebook Comments Box