दमक/ दमकस्थित मेची बहुउद्धेश्यीय सहकारी संस्थाले कार्य सम्पादन मुल्याङकनमा उत्कृष्ट ठहरिएका ६ जना कर्मचारीलाई पुरस्कृत गरेको छ ।
संस्थाले २९ औं बार्षिकोत्सव तथा साधारण सभाको समापनका अवसर पारेर मंगलबार उर्लाबारीमा आयोजित कार्यक्रममा उनीहरुलाई नगद पुरस्कार र प्रमाण पत्रसहित पुरस्कृत गरेको हो ।
सो अवसरमा पुरस्कृत हुने कर्मचारीहरुमा चुलाचुली सेवा कार्यालय प्रमुख राजकुमार कार्की, कमल सेवा केन्द्रका रोमणी लामिछाने, कन्काइ सेवा केन्द्रकी कर्मचारी मीना खरेल , दमकका मेघनाथ सुबेदी , उर्लाबारी सेवा केन्द्रकी सुनिता पौडेल र मिक्लाजुङ सेवा केन्द्रका सौगात सुतार कार्की रहेका छन ।
पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा प्रदेश सभा सदस्यद्धय बिद्या चाम्लिङ, नम्बरलाल धिमाल, सहकारी अभियान्ताहरु रामचन्द्र उप्रेती, संस्थाका अध्यक्ष नारायण भट्टराई, प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगाले लगायतले उनीहरुलाई पुरस्कार तथा सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
सहकारीले बर्षेनी संस्थाका संस्थापक अध्यक्ष गणेशप्रसाद बस्नेतको स्मृतिमा स्थापना गरेको गणेशप्रसाद बस्नेत सहकारी अभियान्ता पुरस्कार, सहकारी पत्रकारिता पुरस्कार, मेची पत्रकारिता पुरस्कारसँगै अनुशासित र इमान्दारीपूर्वक जिम्मेवारी पुरा गर्दै उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुलाई पुरस्कृत समेत गर्दै आएको छ ।

 

Facebook Comments Box