दमक/दमक ६ स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष २०७५/०७६ मा संस्थाका सदस्यहरुलाई गरेको लगानीको ब्याजबाट मात्रै कूल १७ करोड ३० लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

संस्थाले अन्य किसिमबाट १ करोड ९ लाख १८ हजार र बैंकहरुमा गरेको लगानीबाट ३९ लाख ४७ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । आज भएको संस्थाको १० औं बार्षिक साधारण सभामा अध्यक्ष टिकाराज सापकोटाले प्रस्तुत गरेको प्रतिवेदनमा सो कुरा उल्लेख छ ।
संस्थाले सोहि आर्थिक बर्षमा आर्जन गरेको कूल मुनाफाबाट आयकर वापत १६ लाख ५३ हजार रुपैयाँ कर व्यवस्था गरी खुद मुनाफा ३ करोड १४ लाख १७ हजार रुपैयाँ कमाएको पनि प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले सो अवधिमा कूल १ अर्ब ३० करोड ३२ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार गरेको थियो । सो सहकारीले राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य रमेश पोखरेलको प्रमुख आतिथ्य र सहकारी सम्बद्ध विभिन्न व्यक्तित्वहरुको विशेष आतिथ्यमा बार्षिक साधारण सभा गरेको हो ।

संस्थाको नेतृत्व चयन समेत गर्ने गरि आयोजना गरिएको साधारण सभामा नेतृत्व चयनको औपचारिक प्रकृया मात्रै पूरा गर्ने तयारी रहेको बताइएको छ ।

Facebook Comments Box