दमक/ दमक ८ मा सञ्चालित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको नेतृत्व निर्विरोध चयन भएको छ । संस्थाको २४ औं  चुनावी साधारण सभाको अन्तर्गत प्रकाशित निर्वाचन तालिका अनुसार आवश्यक संख्यामा मात्रै अन्तिम उम्मेदवारी कायम भएपछि लक्षुदास (एलडी) राईको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित भएको हो ।

निर्वाचन समितिले ८ असोजमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको जनाइएको छ ।
निर्वाचन समितिका संयोजक पारसमणी आचार्यका अनुसार संस्थाको सञ्चालक समिति उपाध्यक्षमा कृष्ण गोले, सचिवमा दिपेनवाला राई, सहसचिव फुलसरी मगर र कोषाध्यक्षमा टंक दुलाल निर्विरोध निर्वाचित भएका छन ।
त्यस्नै सञ्चालक समिति सदस्यहरुमा यज्ञराज आङदेम्बे सुब्बा, पारसमणी राई, पदमबहादुर तामाङ, हरिमाया कन्दङवा, राजेन्द्रकुमार लिम्बु र बासुदेव राई निर्वाचित भएका छन । त्यसैगरी संस्थाको लेखा समिति संयोजकमा सुरेन्द्र लिम्बु, यमुना भट्टराई र ज्ञानदिप राई चुनिएका निर्वाचन समितिले जनाएको छ ।
लामो समय सम्म जितमान राईले नेतृत्व गर्दै आएको सो संस्थामा तत्कालिन सञ्चालक समिति धनराज राईको नेतृत्व थियो । बुधबार (आज) हुने संस्थाको २२ औं बार्षिक साधारण सभामा नयाँ सञ्चालक समितिको सपथग्रहण हुने जनाइएको छ ।
संस्थाको बार्षिक साधारण सभामा सञ्चालक समिति र लेखा समितिको प्रतिवेदन प्रस्तुत हुनुका साथै संस्थाले बार्षिक रुपमा गर्दै आएका साधारण सभा अन्तर्गतका कार्यक्रमहरुलाई निरन्तरता दिइने जनाइएको छ ।

Facebook Comments Box