दमक / दमक ८ मा रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्थाका नवनिर्वाचित समितिले शुक्रवारदेखि कार्यभार सम्हालेका छन् ।

शुक्रवार संस्थाका कर्मचारीहरुले एक कार्यक्रम गरि नवनिर्वाचित सञ्चालक समितिका अध्यक्ष एलडी राईसहितका पदाधिकारी तथा सदस्यहरुले लाई बधाई तथा शुभकामना दिएका थिए ।  सञ्चालक समितिलाई कर्मचारी चन्द्रबहादुर कन्दङ्गवाले लिम्बू जातिको पहिचानमूलक सिलाम साक्मा प्रदान गरेका थिए ।  सो पछि आआफनो पदीय अनुसार जिम्मेवारीको कार्यभार सम्हालेका हुन् । गत असोज १० गते सम्पन्न २४ औ बार्षिक साधारणसभाले राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति र सुरेन्द्र निङ्गलेखुको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरेको थियो ।

कार्यक्रम पछि शुक्रवारनै बसेको सञ्चालक समितिको पहिलो बैठकले साधारणसभा सम्पन्न गराउन सहयोग पुरयाँउने शेयर सदस्यहरु, निर्वाचन मण्डली ,सञ्चारकर्मी,कर्मचारीहरुलाई धन्यवाद दिने निर्णय गर्नुका साथै यस वर्षभरि संस्थाको रजत वर्षका रुपमा विविधि कार्यक्रम गरि मनाउने समेत निर्णय गरिएको सचिव दिपेनवाला राईले जनाए ।
बैठकमा संस्थाका संस्थापक जितमान राई, संस्थापक कोषाध्यक्ष रुकमान कुरुम्बाङ्ग, संस्थाका अध्यक्ष एलडी राई, उपाध्यक्ष कृष्ण गोले लगायतले बोलेका थिए ।

यसैगरि, शुक्रवारनै नवनिर्वाचित समितिसंग कर्मचारीवीच बैठक बसेको थियो । त्यस बैठकमा संस्थाका व्यवस्थापक लिलाराज तुम्बापोले संस्थाको आर्थिक अवस्थाका बारे संक्षिप्त जानकारी गराएका थिए ।

Facebook Comments Box