दमक/दमक नगरपालिकाले नगरबासीहरुको व्यापक सहभागितामा यस बर्षको संविधान दिवस मनाउने कार्यक्रम सार्वजनिक गरेको छ ।

मंगलबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाकी कार्यवाहक प्रमुख तथा प्रवक्ता गीता अधिकारीले असोज २ देखि ४ गते सम्म विविध कार्यक्रमसहित संविधान दिवस मनाउने जानकारी दिनु भयो ।

यस पटकको संविधान दिवस कार्यक्रममा सहभागि हुँदा सबैले हात हातमा झण्डा बोकेर र विभिन्न जातजातीका झाँकी प्रस्तुत गरेर विशेष आकर्षक बनाउने निर्णय संविधान दिवस मुल समारोह समितिले गरेको जनाइएको छ ।

पत्रकार सम्मेलनमा जनाइए अनुसार ३ दिननै नगरस्थित सबै सरकारी, गैरसरकारी कार्यालय तथा संघ संस्थाहरुले आआफ्नो कार्यालयमा र नगरबासीहरुले घर घरमा दिपावली गर्ने, ३ गते बिहान ७ बजे गणतन्त्र चोकमा संविधान दिवस मुल समारोह समितिको सक्रियतामा सबै राजनीतिक दल, विभिन्न संघ संस्थाहरु, शिक्षक शिक्षिका, विद्यार्थी, कर्मचारी, उद्योगी व्यापारी लगायतको सहभागितामा गणतन्त्र चोकदेखि नगरपालिका सम्म प्रभात फेरी गरिनेछ ।

Facebook Comments Box