दमक/ झापाको झिलझिलेमा मुख्य कार्यालय स्थापना गरी आसपासका पाँच सेवा केन्द्र मार्फत वित्तीय कारोबार गर्दै आएको छिमेकी वचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा इकाइगत रुपमा शुरु भएको छ ।

संस्थाको मुख्य कार्यालयमा सोमबार आयोजित औपचारिक कार्यक्रमकाबीच शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा (रोशन)ले साधारण सभाको उदघाटन गरेका छन । सो अवसरमा नगर प्रमुख थोप्राले सहकारी संस्थाहरुमाझ आफूलाई अब्बल र फरक सहकारीका रुपमा चिनाउन सफल यो सहकारीलाई जनमुखी कार्यक्रमहरुसहित अघि बढन सुझाव दिए ।
कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्कीले सहकारी संस्थाहरुमा बढेको अविश्वासलाई हटाएर सिद्धान्त अनुरुप संस्था सञ्चालन गर्नु चुनौती बन्दै गएको उल्लेख गरिन । सो अवसरमा शिवसताक्षी ८ का वडाध्यक्ष सन्तकुमार फेउदेन , सामाजिक व्यक्तित्व गोपाल कोइराला लगायतले शुभकामना दिएका थिए ।

सभाको अवसरमा सहकारीका उत्कृष्ट कर्मचारी तथा शेयर सदस्यहरुलाई सम्मान समेत गरिएको छ । साधरण सभाको उदघाटन सत्रमा पाँच जना कर्मचारीलाई नगदसहित सम्मान गरिएको छ । माधव पोख्रेल झिलझिले, मिना अधिकारी दमक, लक्ष्मण तामाङ झिलझिले र रमेश ढकाल केर्खा सेवा केन्द्रका कर्मचारीलाई नगद ५ हजार १०५ सहित सम्मान गरिएको हो ।
त्यस्तै संस्थाले शुसिल न्यौपाने, केशव आचार्य, खगमाया अधिकारी र गरिमा श्रेष्ठलाई र संस्थाका पूर्व कर्मचारी नेत्र कोइरालाई सम्मान गरिएको छ । कोइरालाले संस्थाबाट स्वेच्छिक अवकास लिएका थिए ।
संस्थामा नियमित कारोवार गर्ने जगतमणी उप्रेती, राजन (नवराज) न्यौपाने सहित ३९ जनालाई संस्थाले सम्मान गरेको जनाइएको छ ।


संस्थाका अध्यक्ष गणेश प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समितिका तर्फबाट अध्यक्ष प्रधानले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन । प्रतिवेदनमा गत आर्थिक वर्ष ०७९/०८० मा ११ करोड ६३ लाख ४४ हजार रुपैँया आम्दानी भएको उल्लेख छ ।
१४ करोड ३ लाख ६७ हजार ८०० रुपैँया चुक्ता शेयर पुँजी रहेको सो संस्थाले शिवसताक्षी नगर भित्रै मंगलबारे र जनतामा सेवा केन्द्र सञ्चालन गर्नुका साथै कनकाईको सुरुङा दमकको दमक र कमल गाँउपालिकाको केर्खामा सेवा केन्द्र स्थापना गरि कारोबार गर्दै आएको संस्थाका कार्यकारी निर्देशक नर प्रसाद ओली (नविन)ले जानकारी दिए ।

४ हजार २४० जना शेयर सदस्य रहेको संस्थाले सम्पती र दायित्व गरेर ८६ करोड ५ लाख ८४ हजार ७२१ को वासलात बनाउन समेत सफल भएको छ । सो संस्थाको ४ करोड ६७ लाख २७ हजार १५३ रुपैयाँको सुरक्षीत पुँजी कोष छ ।
सोमबारदेखि सुरु इकाईगत साधरणसभा असोज २७ गते सम्पन्न हुने जनाइएको छ । इकाइगत रुपमा सदस्यको राय सुझाव संकलन गरेर २७ गते झिलझिले स्थित मुख्य कार्यालयमा नयाँ नेतृत्व सहित संस्थाको सत्र्राै वार्षिक साधरण सभा समापन हुने निर्देशक ओलीले जानकारी दिए ।
पर्शुराम ढुंगानाले स्वागत गरेको सभाको उदघाटन कार्यक्रमको संचालन सचिव उदय प्रकाश राईले गरेका थिए ।

 

 

Facebook Comments Box