दमक/ शिवसताक्षी १ धरमपुरमा सञ्चालित धरमपुर बचत तथा ऋण सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभाको अवसर पारेर संस्थाका सदस्यहरु र पत्रकारलाई सम्मान गरिएको छ ।
संस्थाका अध्यक्ष कुमार शंकरको अध्यक्षता र शिवसताक्षी १ का वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा उत्कृष्ट उद्यमी शेयर सदस्यका रुपमा प्रेमप्रसाद पोखरेल, उत्कृष्ट बचतकर्ताको रुपमा भावना कार्की, सनम कुमार तामाङ्ग, पुण्य प्रसाद खड्का, गोमा कुमारी सेजवाल श्रेष्ठ, र उत्कृष्ट ऋणीका रुपमा बबिता पाण्डे, विरेन राई , मञ्जु कार्की र सुन्दरबहादुर रायलाई सम्मान गरिएको हो । त्यस्तै सदस्य राहत सहयोग क्यान्सर पीडित इन्द्रबहादुर कटुवाल र निर्मला घिमिरेलाई जनही १०÷१० हजार रुपैयाँका दरले प्रदान गरिएको व्यवस्थापक विनोद ढकालले जानकारी दिए ।
त्यसैगरी संस्थाले प्रदान गर्दै आएको धरमपुर साकोस पत्रकारिता पुरस्कार पत्रकार विनोद सापकोटालाई प्रदान गरिएको छ । सभामा वडा सदस्यहरु नारायण प्रसाद रिजाल, उमा माझी, निर्मला पौडेल बराइली, संस्थापक अध्यक्ष सुर्य किरण ढकाल, निबर्तमान अध्यक्ष दिप कुमार श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।
सो अवसरमा सेयर सदस्यको छोराछोरी मध्ये एसइयमा उत्कृष्ट समीर ढकाल, प्रबिता श्रेष्ठ र नाजनी खड्कालाई पुरस्कृत गरिएको छ । संस्थाका उपाध्यक्ष चन्द्र कुमार खड्काले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन सचिब नारदमणी रिमाल र व्यवस्थापक ढकालले गरेका थिए ।
सभामा बार्षिक प्रतिबेदन अध्यक्ष कुमार शंकरले र लेखा परिक्षण प्रतिबेदन कोषाध्यक्ष जयकुमारी चेम्जोङले तथा लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन संयोजक लक्ष्मी प्रसाद बजगाँइले प्रस्तुत गरेका थिए ।
