दमक/ झापाको दमक- १० सेतुमारीस्थित सेतुमारी हाट बजार आजबाट पुनः सञ्चालनमा आएको छ । सो बजारको दमक नगरपालिकाकी उपप्रमुख रेगीना भट्टराई प्रसाईले एक कार्यक्रमका वीच उद्धघाटन गरेकी छन् ।
बजारको आजको पहिलो हाटमा करिव २० लाख बराबरको कारोबार भएको सेतुमारी बजार समितिका उपाध्यक्ष नगेन्द्रमणी न्यौपानेले जानकारी दिएका छन् । यसअघि समेत त्यहाँ वजार लागेपनि नियमित रुपमा सञ्चालनमा आउन सकेको थिएन् ।
बजारमा स्थानीय कृषि उत्पादनसहित खाद्यान्न , लत्ताकपडा, बाख्रा बस्तुको कारोवार भएको समितिका अध्यक्ष देवराज श्रेष्ठले जानकारी दिए । बजारको उद्घाटन कार्यक्रममा दमक १० का वडा अध्यक्ष राजेन्द्र भण्डारी, वडा सदस्यहरु ,पूर्व वडा अध्यक्ष बोधराज न्यौपाने लगायतको उपस्थिति रहेको बजार समितिका सचिव तुलसी देवानले जानकारी दिए ।