दमक/ ११५ औं लक्ष्मीजयन्तीको अवसर पारेर दमक ६ स्थित देवकोटा चोकमा रहेको महाकवि लक्ष्मी प्रसाद देवकोटाको शालिकमा माल्यार्पण गरिएको छ । बर्षौदेखि हरेक बर्ष आजैको दिन महाकवी देवकोटाको शालिकमा माल्यार्पण गरिनुका साथै उनको महिमाबारे चर्चा हुने गरेको छ ।
दमकमा रहेका साहित्यिक संस्थाहरु साहित्य कला सङ्गम र प्रतिभा निकेतनको सयुक्त संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा साहित्य कला सङ्गमका उपाध्यक्ष बिन्दु दहाल मुकदर्शक र प्रतिभा निकेतनका अध्यक्ष कमल प्रसाद भट्टराईले संयुक्त रुपमा महाकवि दवकोटाको शालिकमा माल्यार्पण गरेका थिए ।
कार्यक्रममा साहित्य कला सङ्गमका उपाध्यक्ष यादव प्रसाद अधिकारी, प्रतिभा निकेतनका अध्यक्ष
कमल प्रसाद भट्टराई र साहित्यकार धन्नजय बास्कोटाले देवकोटाको बारेमा मन्तव्य राखेका थिए । सो कार्यक्रममा साहित्यकारहरु बिन्दु दहाल मुकदर्शकले शाकुन्तल महाकाव्यबाट, ओमप्रसाद खनालले वनकुसुमु महाकाव्यबाट, हरि पराजुलीले मुना मदनबाट कविताहरु वाचन गरेका थिए ।
साथै साहित्यकारहरु मेघनाथ बन्धु, बिरेन्द्र खडका, लता मिश्र, किराँती राजा,अम्विका प्रसाद सापकोटा लगायतले रचना वाचन गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरु नरपति पाण्डे,नारायण शर्मा फुयाँल, डा. लेखनाथ न्यौपाने, प्रकाश भण्डारी,रधुनाथ भण्डारी,लिलानाथ खनाल,नेत्र दहाल ,भक्तादेवी दहाल, कृष्णा तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।
सहित्यकला सङ्गमका कोषाध्यक्ष ओमप्रसाद खनालले कार्यक्रमको सञ्चालन गरेका थिए ।