दमक/ नेपाल प्रेस युनियन माइपश्चीम क्षेत्रीय समिति दमकले तिहारको अवसर पारेर शुभकामना आदनप्रदानसहित देउसीभैलो कार्यक्रम सञ्चालन गरेको छ ।
सोमबार दमक ९ बाट शुरु भएको देउसीभैलो तथा शुभकामना आदनप्रदानको कार्यक्रम माइपश्चीमका विभिन्न ठाउँमा पुगेको छ ।
प्रेस युनियनमा आवद्ध पत्रकारहरुसहित शुभचिन्तक,शुभेच्छुक पत्रकार एवं सामाजिक , राजनीतिक व्यक्तित्वहरु समेत सहभागी सो देउसीभैलोको पहिलो दिन संगठन सञ्चालनमा सहयोग स्वरुप १७ हजार २ सय रुपैयाँ संकलन भएको छ ।
नेपाल पत्रकार महासंघका कोशी प्रदेश समिति कोषाध्यक्ष विमल लामिछानेको प्रमुख उपस्थितीमा सोमबार सञ्चालित देउसी भैलोलाई आज र भोली निरन्तरता दिइने प्रेस युनियनले जनाएको छ ।
देउसीभैलोमा हाल सम्म संकलित नगद विवरण
हुकुमसिंह राई– ५,०००
अइन्द्रविक्रम केरुङ – ३,५००
सत्यनारायण चौधरी–२,५००
विष्णु सुब्बा–२,१००
टंक ढकाल–२१,०००
भुपाल कटुवाल–२,१००
सुरेश सुब्बा–१,०००
धर्मानन्द भट्टराई–१,०००