दमक/ दमक ९ स्थित शुभमंगल सहकारी संस्थाको आगामी चार बर्षे कार्यकालका लागि अध्यक्षमा पुनः उमाकान्त आचार्य निर्विरोध निर्वाचित भएका छन ।
सहकारीको आज सम्पन्न १४ औं बार्षिक साधारणमा भएको निर्वाचन कार्यक्रमबाट आचार्यको नेतृत्वमा ११ सदस्यीय कार्य समिति सर्व सम्मत चयन भएको हो ।
उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, सचिवमा ईन्द्र कुमार श्रेष्ठ, सहसचिवमा सार्के धिमाल(श्याम) र कोषाध्यक्षमा विमला दाहाल भट्टराई चयन भएका छन ।
समितिका सदस्यहरुमा टिका बुढाथोकी, कृष्णप्रसाद आचार्य, भिमबहादुर मगर, नितिरमण भण्डारी, लक्ष्मी दर्जी र केशरबहादुर घोर्षाने चयन भएका निर्वाचन समिति संयोजक टिकाराम भण्डारीले जानकारी दिए ।
त्यसैगरी लेखा समिति संयोजकमा डिकबहादुर खड्का तथा सदस्यहरुमा मणीकुमार खरेल र चिनिमायाँ दर्जी चयन भएका छन ।
त्यसअघि भएको सहकारीको साधारणसभाको उदघाटन कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँले सहकारी संस्थाहरुले वित्तीय कारोबारसँगै सदस्यहरुको सेवाका क्षेत्रमा पनि काम गर्नुपर्ने बताइन । उनले दमकमा सहकारीहरुको संख्या बढी भएको स्वयं सहकारी क्षेत्रका अभियान्ता र सरोकारवालाहरुलेनै बताउँदै आएकाले मर्जका बिषयमा पनि कुराकानी भइरहेको बताइन ।
कार्यक्रममा दमक ९ का वडाध्यक्ष कुवेर प्रसाद भट्टराई, सेतुमारी कृषी सहकारी संस्थाका अध्यक्ष सोमराज तामाङ र समता कृषी सहकारी संस्थाका अध्यक्ष शान्तिराम भट्टराईले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहकारीमा कारोबार गर्ने करिब एक दर्जन शेयर सदस्यहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।