फोटो – फेसबुकबाट
दमक/ दमक ५ स्थित जाल्पादेवी किर्तन मण्डलीको १७ औं बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको सभाकक्षमा शुक्रबार आयोजित साधारण सभाले बिमला पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा भवानी घिमिरे, सचिवमा लिला सापकोटा, सहसचिवमा विनिता ओली र कोषाध्यक्ष ज्योती भट्टराइ रहेका छन । सदस्यहरुमा कमला घिमिरे, सीता मिश्र, राजकुमार गिरी, सुनिता पोखरेल, लता मिश्र, यमुना सापकोटा, हेमकला कार्की, देउरुपा गौतम, गोमा नेपाल, गोमा दाहाल, बिमला गौतम र कुमारी न्यौपाने रहेका छन । सभामा किर्तन मण्डलीका तत्कालिन कोषाध्यक्ष भवानी घिमिरेले बार्षिक आय व्यय प्रस्तुत गरेका थिए ।
किर्तन मण्डलीका तत्कालिन अध्यक्ष यदुराम तिम्सिना रहेका थिए ।
सो किर्तन मण्डलीद्धारा प्रतिष्ठान परिसरमा निर्माण गरिएको मन्दिरमा बैदिक विधि अनुसार पूजाआजा गरी भर्जन किर्तन समेत प्रस्तुत गरिएको थियो ।