दमक/ साहित्य कला सङ्गमको आयोजनामा कवि बिन्दुु दहाल ‘मूकदर्शक’को छन्द कविता सङ्ग्रह ‘अन्तर्बोध’ को विमोचन कार्यक्रम झापाको दमकमा सम्पन्न भयो ।
कार्यक्रम संस्थाका अध्यक्ष विष्णुु न्यौपानेको सभापतित्व र प्रा.डा.टङ्कप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । विमोचित कृति माथिशिशिर भट्टराई र भीम दहालले समीक्षा राखेका थिए । कार्यक्रममा चन्द्र भण्डारी, पुन्यप्रसाद खरेल, सुमित्रा वाङ्देल चेली, राम खरेल,इन्दिरा दहाल,जीवनहरि शर्मा, राजेन्द्र सङ्ग्रौला लगायतले बधाई तथा शुुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा मिना अधिकारी, हरि पराजुली, रीता पोख्रेल, जय आचार्य, भरत गुरागाईं बर्बरिक, तिला लेकाली, हरिनारायण भट्टराई, विरह ी अधिकारी र किशोर कोइरालालगायतले कविता वाचन गरेका थिए । कृतिकार बिन्दुु दहाल ‘मूूकदर्शक’ ले धन्यवाद मन्तव्य राखेका थिए ।
मेची बहुुउद्देश्य सहकारी संस्था लिमिटेडको सभाहलमा सम्पन्न कार्यक्रम साहित्य कला सङ्गमका उपाध्यक्ष यादवप्रसाद अधिकारीले स्वागत गरेको कार्यक्रम महासचिवदीपक सुुवेदीले सञ्चालन गरेका थिए ।