स्वरसम्राट नारायण गोपालको ३३ औँ स्मृति दिवसका अवसरमा ‘स्वरकिन्नरी’ तारादेवी (मरणाेपरान्त) र वाङ्मयसेवी गणेश रसिकलाई सम्मान गरिएकाे छ ।

आज मङ्गलवार काठमाण्डाैमा आयाेजित कार्यक्रममा तारादेवी र रसिकलाई स्वरसम्राट नारायण गाेपाल स्मृति पुरस्कार प्रदान गरिएकाे हाे । उहाँहरूलाई कदरपत्रसहित जनही ५१ हजार रुपैयाँले सम्मान गरिएको हो ।

स्मृति दिवसका अवसरमा नारायण गोपाल सङ्गीत कोषले हरेक वर्ष याे सम्मान प्रदान गर्दै आएकाे छ । २०४७ सालमा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ । स्मृति सभामा कलाकारहरूले नारायण गोपालका कालजयी गीत प्रस्तुत गरेका थिए ।

स्वरसम्राट नारायण गोपालको ३३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

Facebook Comments Box