दमक/ दमक -१ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ स्कूलले अन्तरसदनात्मक छात्रछात्राको बास्केटवल प्रतियोगिता सम्पन्न गरेको छ ।बुधबारदेखि शुरु भएको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा छात्रातर्फ क्यामेलिया सदन र छात्रतर्फ यूनिस भट्टराई सदन प्रथम भएको छ ।

खेल शिक्षक विनोद भण्डारीका अनुसार छात्रातर्फ क्यामेलियाले अर्केड सदन र छात्रतर्फ यूनिस सदनले निस्मा चौहान सदनलाई हराउदै विजयी बन्न सफल भएको थियो । प्रतियोगितामा छात्रातर्फ उत्कृष्ठ खेलाडी र उत्कृष्ठ स्कोररका रुपमा दृष्ट्रि सम्बाहाम्फे पुरस्कृत भईन् ।यसैगरि, छात्रतर्फ उत्कृष्ठ खेलाडी र उत्कृष्ठ स्कोररका रुपमा यूनिस सदनका निङवाहाङ लावती पुरस्कृत भए ।

छात्रतर्फको खेल ६ टिम वीच लिग कम नकआउट प्रणाली र छात्रातर्फको खेल भने ३ टीम वीच राउण्ड रोविन प्रणालीमा खेलाईएको थियो । खेलका विजेता,उपविजेता टिमलाई स्कूलका संस्थापक निर्देशक मनोज राई, प्रिन्सीपल चन्द्रप्रकाश राई लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।स्कूलले अतिरिक्त कृयाकलाप अन्तर्गत बर्षेनी सदनात्मक विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिआएको छ ।

Facebook Comments Box