दमक/ दमक ५ को वडा कार्यालयले सामाजिक विकास अन्तर्गत जनप्रतिनिधीसंग विशेष कार्यक्रम मार्फत दिपिनी आधारभुत विद्यालयका विपन्न परिवारका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ ।

विद्यालयमा आज आयोजित कार्यक्रममा दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङ, वडा सदस्य दुर्गा प्रसाद पौडेल , महिला सदस्य ख्यामकुमारी परियार लगायतले पोशाक हस्तान्तरण गरे । वडा सचिव भोसकुमार थुलुङका अनुसार वडाले १३ जनाका लागि पूर्ण खर्च र १४ जनाको लागि आशिंक खर्च ब्यहोरेर विपन्न विद्यार्थीहरुलाई पोशाक वितरण गरेको हो ।

सो विद्यालयमा रहेको शान्तिरमणी दिपिनी अक्षयकोषर कौशिलादेवी न्यौपाने अक्षयकोषद्धारा अति विपन्न १४ जनालाई प्रदान गरिएको पोशाकको सिलाई खर्च वडाले ब्यहोरेको पनि जानकारी दिए ।
केही दिन अघि विद्यालयमा आयोजित कार्यक्रममा ति कोषका संस्थापक तथा सञ्चालक र विद्यालयका पूर्व शिक्षक राजकुमार गौतमले समेत विपन्न विद्यार्थीहरुका लागि विद्यालय पोशाक र शैक्षिक सामाग्री प्रदान गरेका थिए ।

Facebook Comments Box