दमक/ झापाको दमकस्थित झापा मोडल अंग्रेजी मा.वि. मा अध्ययनरत एक छात्राले युथ एक्सेन्ज कार्यक्रममा छनोट भएर विदेश जाने अवसर पाएकीछन् । राष्ट्रिय सेवादल (एनसिसि)मा आबद्ध विद्यालयका एनसिसि क्याडेटहरूले तालिम अवधिभरिमा तालिमका बिभिन्न विधामा प्रस्तुत गरेका क्षमता , कला, कौशल र अनुशासनको पालना गरेको आधारमा देशभरका १५ हजारमा छनोटमा परेर कृतज्ञता थापा भारत गएकीछन्।
भारतमा हुने युथ एक्सेन्ज कार्यक्रममा थापा छनोट हुँदा आफुहरुलाई खुशि लागेको झापा मोडेलका प्रीन्सिपल सागर श्रेष्ठले बताएकाछन् । थापा झापा मोडल अंग्रेजी माध्यमिक बिद्यालयमा कक्षा ११ मा अध्ययनरत रहेकीछन् । भारतको बिभिन्न राज्यहरूको भ्रमण गरि आफ्नो कला कौशल प्रस्तुत गर्न नेपालभरबाट १६ जना क्याडेट (विद्यार्थी) ले यो अवसर पाएकोमा थापा पनि एकहुन् ।
उक्त कार्यक्रममा २३ देशका क्याडेटहरू सहभागी हुनेछन् । दूईसातासम्म हुने कार्यक्रममा क्याडेटहरुले भारतको राष्ट्रपति द्रौपदी मुर्मु, सुरक्षा मन्त्री लगायतका उच्चपदस्थलाइ समेत भेटने र छलफल गर्ने मौका पाउने समेत जनाईएको छ । भारतका बिभिन्न राज्यहरुको भ्रमण गर्नुको साथै त्यहाँ थापाले विशिष्ट कार्यक्रममा सम्बोधन गर्ने अवसर समेत पाउने श्रेष्ठले जानकारी दिए ।