उर्लाबारी/ सहकारी बृतमा अलग पहिचान बनाउदै अघि बढेको उर्लाबारीस्थित  सूदर्शन बचत तथा ऋिण सहकारी संस्था ले डिजिटल सहकारी सेवा अन्तर्गत क्युआर कोर्डमार्फत बितिय कारोवार गर्दा भुक्तानी  भएको ब्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषता सहितको सेवा शुरु गरेको छ ।  स्मार्ट डिजिटल डिभाइस देवन सफ्ट प्र.ली. को साझेदारीमा सूदर्शन सहकारीले अडियो अलर्ट डिभाइस “कोइली” सञ्चालनमा  ल्याएको हो  ।

फोनपे नेटवर्क भुक्तानी प्रणालीमा आबद्ध भएका सेयर सदस्यहरुसंग रहेको क्यूआर कोड मार्फत सेवाग्राहीहरूले भुक्तानी गर्दा एसएमएस अलर्ट आउने गरेकोमा अब सो को अतिरिक्त स्मार्ट अडियो अलर्ट डिभाइस “कोइली “ बाट कारोबार सफल हुनासाथ तत्कालै सम्बन्धित ग्राहकले भुक्तानी गरेको रकम आवाजबाट निश्चित हुने सुविधा थप भएको सस्थाले जनाएको छ ।

डिजिटल सहकारी लाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो सुविधा सूदर्शन बचत तथा ऋिण सहकारी संस्थाले सुरुवात गरेको हो ।

यस नवीनतम प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोड मार्फत भुक्तानी गर्नासाथ सेयर सदस्य तथा ग्राहकहरूले रकम भुक्तानी सफलतापूर्वक भएको सूचना आवाज मार्फत तत्काल प्राप्त गर्नेछन् । यस डिभाइसमा फोनपे नेटवर्कमा आबद्ध क्यूआर कोडमा भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ । क्यु आर कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने मात्र नभई समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो सेवा थप विश्वसनीय साबित हुने संस्था ले विश्वास लिएको छ ।

सहकारीलाई डिजिटल प्रबिधिमा जोड्ने सूदर्शन आइ स्मार्ट एप मार्फत सदस्यहरूले सहकारीको मोवाईल बैंकिङ सेवा प्रयोग गरी खाताको जानकारी, स्टेटमेन्ट, मोवाईल रिचार्ज, पानी, विजुली, डिस होम, ईन्टरनेट, हवाई टिकट, बस टिकट, सहकारीबाट बैंकमा रियल टाईम बैक ट्रान्सफर, फोन पे क्यु आर स्क्यान, बिभिन्न वालेटहरुमा लोड, बैकबाट सहकारी खातामा रकम ट्रान्सफर, कनेक्ट आईपिएस लगायत अन्य थुप्रै सेवाहरू सजिलै लिन सक्ने सस्थाका कार्यकारी प्रमुख थरेन्द्रराज पौडेलले जानकारी दिए ।

Facebook Comments Box