दमक/ लोपोन्मुख सन्थाल जातीको मौलिक पर्व सोहराय पर्वको अवसरमा आज झापाको कमल गाउँपालिकाले स्थानीय विदा दिएको छ । गाउँपालिकाले सन्थाल समुदायमा विशेष महत्वसाथ मनाइने विशेष पर्व सोहरायको अवसरमा आज बिहीबार स्थानीय बिदा दिएको हो ।
७ माघमा बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार सोहरायको अवसरमा माघ ११ गते स्थानीय विदा दिने निर्णय गरिएको पालिकाले जनाएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यद्धारा जारी सूचनामा स्थानीय विदामा अति आवश्यक सेवा बाहेक गाउँपालिकाको कार्यालय, वडा कार्यालय, पालिका अन्तरगतका सरकारी कार्यालय, सङ्घसंस्था र विद्यालय बन्द रहने जनाईएको छ ।
सन्थालहरुले प्रकृतिको पूजा गर्दै एक महिना सम्म यो पर्व मनाउने गर्छन । मसिंर शुक्ल पुर्णिमादेखि शुरु भएको यो पर्व पुष शुक्ल पुर्णिमा यस बर्ष आज ११ माघमा समापन हुने गर्छ । त्यसैगरी मोरङको रतुवामाई नगरपालिकाले पनि आजनै सोहराय पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ । झापाको गौरीगञ्ज गाउँपालिकाले भने यसअघिनै सोहरायको अवसर स्थानीय विदा दिएको थियो ।

Facebook Comments Box