एजेन्सी/दुबईमा आज भएको मिनिबस दुर्घटनामा एक जना नेपालीसहित ८ जनाको ज्यान गएको छ ।
फस्ट सेक्युरेटीमा काम गर्ने सेक्युरेटी कामदार लिएर गुडिरहेको मिनिबस दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा ज्यान गुमाउने मध्ये एक नेपाली नागरिक रहेको यूएईस्थित नेपाली दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले पुष्टि गरे । कार्कीका अनुसार प्रहरीले दुर्घटनाको अनुसन्धान भइरहेकाले मृतकको परिचय नखुलाएको हो ।