दमक/दमकको उत्तरी क्षेत्रमा रहेको हंसेदुम्से सामुदायिक वन उपभोक्ता समुहको २३ औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

समुहका अध्यक्ष हिमालय दाहालको अध्यक्षता र दमक नगरपालिकाका मेयर रोमनाथ ओलीको प्रमुख आतिथ्यमा भएको साधारण सभाका वक्ताहरुले सामुदायिक वनका माध्यमबाट विकास र पर्यावरणका क्षेत्रमा निक्कै ठुलो टेवा पुगेको चर्चा गरेका थिए । वक्ताहरुले सामुदायिक वनको सदुपयोग र यसको संरक्षणले समग्र दमककै विकासमा महत्वपूर्ण योगदान दिन सकिने वताए । उनीहरुले त्यहाँ वनका माध्यमबाट पर्यटन तथा अन्य विकासका आधारहरु समेत बन्न सक्ने सम्भावना औंल्याए ।

कार्यक्रममा मेयर ओली, दमक २ का वडाध्यक्ष प्रजापति सापकोटा, वडा नं ३ का वडाध्यक्ष नविन बराल लगायत राजनीतिक दलका प्रतिनिधिहरु र वन कार्यालयका प्रतिनिधिले समेत शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा समुहका अध्यक्ष दाहाल र कोषाध्यक्ष नारायण बरालले आआफ्ने प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभामा समुहको विधान बमोजिम करिब एक सय जना परिषद सदस्य तथा उपभोक्ता प्रतिनिधिहरु सहभागी थिए । कार्यक्रममा समुहका उपाध्यक्ष नैनसिंह भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।

Facebook Comments Box