जापान/ किरात याक्थुङ चुम्लुङ जापानको छैटौ महाधिवेशन  सम्पन्न भएको छ ।

टोकियो ओकुबो स्थित काठमाण्डौ लञ्च एण्ड बारमा फेब्रूवरी २५ मा सम्पन्न महाधिवेशनले पूर्व पत्रकार मन कुमार तुम्साको नेतृत्वमा २५ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ। कियाचु जापानको इतिहासमै पहिलो पटक लोकतान्न्त्रीक पद्दतिको प्रयोग गरी निर्वाचनको माध्यमबाट कार्यसमिति चयन गरिएको थियो ।

जसमा ३ जनाको उम्मेद्वारी रहेको अध्यक्ष पदमा मनकुमार तुम्साले ५७ मत सहित निर्वाचीत भएका छन् भने निकटतम् प्रतिद्वन्दी लक्ष्मिहाङ् आङ्बोले ४४ मत ल्याएर पराजीत भएका थिए भने अर्का प्रतिस्पर्धी देवेन्द्र लाओतीले ० मत प्राप्त गरेका थिए । त्यसैगरी बरिष्ठ उपाध्यक्षको पदमा बालविक्रम तिगेलाले ५६ मत सहित निर्वाचीत भएका छन् भने उहांका प्रतिस्पर्धी मुक्साम लाओती (दिपेन्द्र) ले ४६ मत ल्याई पराजीत भएका थिए ।

महासचिवमा लाखध्वज मादेम्बा (सिसाम् ) ले ५२ मत सहित निर्वाचीत भएका छन् भने ईन्द्रदीप आङ्देम्बेले ४९ मत ल्याई पराजीत भएका छन् त्यसैगरी कोषाध्यक्षमा कल्पना चेम्जोङले ५० मत ल्याएर निर्वाचीत भए भने प्रतिद्वन्दी सन्दीप कुमार चेम्जोङले ४९ मत ल्याई पराजीत भए । सदस्यहरूमा सबैभन्दा बढी ८२ मत ल्याएर बालकिशोर चेम्जोङ निर्वाचीत भएका छन् भने ४४ मत ल्याएर पनि नाम्लीङ यक्तेन निर्वाचीत भएका छन् । महाधिवेशनको खुलासत्रलाइ प्रमुख अतिथिको रूपमा कियाचु संघिय परिषदका अध्यक्ष प्रेम ऐक्तेनले जुम भर्चुअल मार्फत सम्बोधन गर्दै शुभकामना दिनु भएको थियो ।

त्यसैगरी नेपाल आदिवासी जनजाती महासंघ जापानका कार्यवाहक अध्यक्ष श्री गुरूङ, एनआरएनए जापानका उपाध्यक्ष सुवास लामीछाने, थकाली सेवा समिति जापानका अध्यक्ष बुद्दि गौचन, नेपाल मगर संघ जापानका अध्यक्ष रामहरि खपाङ्गी मगर, नेपाल तामाङ समाज जापानका अध्यक्ष कार्साङ तामाङ, समाजसेवी तथा सफल व्यवसायी निमा लामा लगायतले महाधिवेशन सफलताको शुभकामना दिनुभएको थियो । गायक बिष्णु आङ्देम्बेको मौलिक गायनले उपस्थित सबैलाइ मन्त्रमुग्ध पार्यो भने गायक चिरन लाबुङले आफ्नो प्रस्तुती मार्फत सबैलाइ झुम्न बाध्य बनाएका थिए ।

सुदिप पालुङ्वाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाइ महासचिव मुक्साम लावतीले सञ्चालन गर्नु भएको थियो । २१ बुंदे “ओकुबू घोषणा पत्र” जारी गरे संगै सुरू भएको बन्दसत्रबाट १० जना निर्वीरोध निर्वाचीत भई बांकी १५ सदस्यीय कार्यसमिति निर्वाचनको माध्यमबाट निर्वाचित भएका छन् ।लोकतान्त्रीक पद्दतीलाइ आत्मसाथ गर्दै निर्वाचन प्रक्रिया मार्फत अध्यक्षमा मन कुमार तुम्सा निर्वाचित भएकाछन् ।

वरिष्ट उपाध्यक्षमा बालबिक्रम तिगेला, उपाध्यक्षमा रेखा तुम्बाहाम्फे र दुर्गा नेम्बाङ, महासचिवमा सिसाम “याक्थुङ” मादेम्बा र उपमहासचिवमा सुजन आङ्बो, सचिवमा लोकेन नेयोङहाङ र सानु योङ्हाङ त्यस्तै कोषाध्यक्षमा कल्पना चेम्जोङ सहकोषाध्यक्षमा लासेमी केरूङ निर्वाचित भएकाछन् भने सदस्यहरूमा सुजन मादेन लिम्बू , बाल किशोर चेम्जोङ्,बिस्णु कुमार आङ्देम्बे,उषा कन्दङ्वा,केसिका लिम्बुखिम,निशाम आङ्देम्बे,कबिन्द्र सम्बाहाम्फे , दिपक इङनाम, अन्जना लिङखिम, पुर्णिमा जबेगु, इक्सा सम्बाहाम्फे, भुमिका चेम्जोङ्, शाकिला आङदेम्बे, तान्छोहाङ नेम्बाङ, नाम्लिङ येक्तेन निर्वाचित भएका छन् ।

Facebook Comments Box