दमक/ दमकमा मुख्य कार्यालय स्थापना गरी झापा र मोरङमा कारोबार गर्दै आएको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १५ औ स्थापना दिवसको अवसर पारेर सप्ताहव्यापी रुपमा विबिध कार्यक्रमहरु शुरु गरेको छ ।
सो अन्तर्गत उर्लाबारीमा बुधबार सदस्य शिक्षा, स्वास्थ्य परिक्षण, सदस्य सम्मान तथा पुरस्कार वितरण गरिएको संस्थाले जनाएको छ ।
उर्लाबारी ६ का वडाध्यक्ष चिन्तामणि पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा संस्थाका ब्यवस्थापक कमलकुमार घिमिरेले संस्थाको बित्तीय आँकडासहित परिचय गराउँदै शेयर सदस्यहरुका लागि सदस्य शिक्षा सम्बन्धि प्रशिक्षण दिएका थिए ।
सो अवसमा स्वर्णलक्ष्मी सहकारीले मानवीय सेवामा समपिर्तत रेडक्रसको उर्लाबारी उपशाखालाई नगद रु १५ हजार सहयोग रकम हस्तान्तरण गरेको थियो । रेडक्रसमा सचिब गोपालप्रसाद रिमाललाई साकोसले चेक हस्तान्तरण गरेको थियो ।
यस्तै उर्लाबारी १ को बालज्योती आधारभुत बिद्यालयका २५ जना विद्यार्थीलाई किताब बोक्ने झोला प्रदान गर्नुका साथै उत्कृष्ट करोवार गर्ने ५ जना शेयर सदस्य निलम सुवेदी, सत्यप्रकाश अग्रवाल, लुमा भट्टराई , इन्दु तामाङ र पुर्णबहादुर खत्रीलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा वडाध्यक्ष पौडेलसहित उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी, रेडक्रसका सचिब रिमाल र बालज्योती आधारभुत बिद्यालयका प्रधानाध्यापक खगेन्द्र प्रसाद गौतमले शुभकामना मन्तव्य राखेका थिए । सो क्रममा संस्थाका शेयर सदस्यहरु तथा अन्य सर्वसाधारणहरुको निःशुल्क आँखा र दन्त परिक्षण समेत गरिएको संस्थाका व्यवस्थापक घिमिरेले जानकारी दिए ।
सो संस्थाले सुरुङगा, झिलझिले र गौरादह सेवा केन्द्रमा समेत सोही प्रकृतिको कार्यक्रम गर्दै दमकमा स्थापना दिवस विशेष कार्यक्रमको औपचारिक समापन गर्ने सञ्चालक पुनम रिजालले जानकारी दिइन ।

 

Facebook Comments Box