दमक/ झापाको दमक ३ मा हिजोदेखि शुरु भएको प्रथम दमक चुलाचुली कप फुटबल प्रतियोगिता अन्तर्गत आज अपरान्ह ४ बजेदेखि रोयल स्पोर्टिङ क्लब दमक २ र कमल गाउँपालिका खेलकुद विकास समितिबीच खेल हुँदैछ ।
दमक ३ को सरस्वती आधारभुत विद्यालयको खेलमैदानमा हिजोदेखि शुरु भएको फुटबल प्रतियोगिता अन्तर्गत हिजो फेन्स क्लब वीआरसी भुटान र दमक १० को नवकिरण युथ क्लबीबच भएको थियो । सो खेलमा फेन्स क्लबले जित हासिल गरेको थियो ।
दमक नगरपालिका वडा नं ३ को वडा कार्यालयको संयोजन र नगरपालिकाको संरक्षकत्वमा भईरहेको सो प्रतियोगिता प्रथम दमक चुलाचुली कप प्रतियोगिता आयोजक समितिको आयोजनामा सञ्चालन गरिएको खेल संयोजक कुमार गिरीले जानकारी दिनु भयो ।
प्रतियोगिताका विजेताले नगद ५० हजार ५ रुपैयाँ र उपविजेताले नगद ३० हजार ५ रुपैयाँसहित ट्रफि , मेडल र प्रमाण पत्र हात पार्नेछन् ।
कार्तिक ९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा एक दर्जन टिम सहभागी हुनेछन् ।
दमक ३ का वडाध्यक्ष नविन बरालले खेलकुदका माध्यमबाट खेल प्रतिभाहरुको उजागर गर्ने र स्थानीयस्तरमै सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने समेत उदेश्य राखेर सो प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिनु भयो ।