दमक/नेपालका लागि जापानी राजदुत मासामिची साइगोसङ आज झापाको दमकमा आउनु भएको छ ।
जापानले दमक ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर र प्रभावित क्षेत्रमा तरकारी र फुल खेती प्रवद्र्धन गर्न सञ्चालन गरेको प्रोजेक्ट जीजीपी ( ग्रामिण क्षेत्र लक्षित कार्यक्रम) सम्पन्न भएपछि सोको हस्तान्तरणका लागि उहाँ दमक आउनु भएको बताइएको छ ।

उहाँलाई दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, दमक ३ का वडाध्यक्ष नविन बराल लगायतले स्वागत गर्नुभएको थियो ।
जापान सरकारको करीब ४० लाख रुपैयाँको लागतमा सो वडामा निर्मित फुल तथा तरकारी खेतीका लागि आधुनिक प्रविधियुक्त २ वटा टनेल स्थानीय समुदायलाई हस्तान्तरण गर्दै राजदुत साइगोसङले जापान नेपालको विकासमा सहयोग गर्न तत्पर रहेको बताउनु भयो ।
नगरपािलकाका प्रमुख ओलीको अध्यक्षता र राजदुत साइगोसङको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको वडाध्यक्ष बरालले जानकारी दिनु भयो ।

Facebook Comments Box