दमक/झापाको दमक–३ मा जारी पहिलो दमक चुलाचुली कप फूटबल प्रतियोगिता अन्तर्गत आईतबार (आज)देखि क्वाटर फाईनल चरणका खेल शुरु भएका छन् ।
पहिलो क्वाटर फाईनल अन्तर्गत आज भएको खेलमा भुटानी शरणार्थीको फेन्स क्लब विजयी भएको छ । दमक–७ को सक्रिय युवा क्लबलाई फेन्स क्लबले १ का बिरुद्ध २ गोल गरेर विजयी भएको खेल संयोजक कुमार गिरीले जानकारी दिनु भयो ।
फेन्सका सुमन सुवेदी र राहुल लिम्बूले गोल गरेका थिए । सक्रियका सक्सेश राईले पहिलो गोल गरेर अग्रता लिए पनि त्यसले निरन्तरता पाउन सकेन । सो खेलमा फेन्सका वर्तमान राई म्यान अफ दि म्याच घोषित भए । सो खेलमा प्रमुख अतिथी रहेका संविधानसभा सदस्य दिपक कार्कीले दमक ३ स्थित सो खेलकुद मैदानलाई नगरकै नमुना खेलकुद मैदानका रुपमा विकास गर्न आफ्नो तर्फबाट सबै तहका सरकारसंग पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।
दमक नगरपालिका वडा नं. ३ को संयोजन र नगरपालिकाको संरक्षकत्वमा शुरु भएको सो प्रतियोगिता अन्तर्गत सोमबार भोली गोर्खा स्पोर्टीङ् क्लब र कमल खेलकुद विकास समिति विच प्रतियोगीता हुने खेल संयोजक गिरीले जानकारी दिनु भयो ।