दमक/  शनिबार दमकको पाथीभरा चलचित्र हलमा चलचित्र डिग्री माइला एमए थर्ड क्लास हेर्न  दर्शकहरुको भिड लागेको छ ।  रामबाबु गुरुङको निर्देशनमा बनेको यो चलचित्र हेर्न नयाँ बर्षको पहिलो दिन शनिबार सयौं दर्शकहरु हलमा पुगेका छन ।

 

बिहानै देखिका सोहरुमा सो हल हाउस फूल भएको चलचित्र हलले जनाएको छ । सिनेमाले आफ्नो शैक्षिक डिग्रीको अहमताले भरिएको पात्र र समाजले ऊप्रति राख्ने अपेक्षा र सोका कारण उत्पन्न परिस्थितिको कथा पेस गरेको बताइएको छ ।
सिनेमामा दया र आँचलका अलावा प्रकाश घिमिरे, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल आदिको प्रमुख भूमिका रहेको छ ।
बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् ।
सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुन् ।

Facebook Comments Box