दमक/ साहित्य कला सङ्गमले नव वर्ष २०८१ काे शुभकामना आदान प्रदान र रचना वाचनकाे ३८ ओ श्रृङखला शुक्रवार एक कार्यक्रमका बिच सम्पन्न गरेकाे छ।  उक्त कार्यक्रममा  साहित्यकारहरुले शुभकामना आदान प्रदान गर्नुका साथै आफ्ना नव सिर्जनाहरु प्रस्तुत गरेका थिए ।

रचना वाचन गर्ने साहित्यकारहरुमा साहित्य कला सङ्गमका अध्यक्ष बिष्णु न्याैपाने, उपाध्यक्षहरु बिन्दु दहाल मुकदर्शक ,यादवप्रसाद अधिकारी ,दुर्गा खनाल काफ्ले ,काेषाध्यक्ष ओमप्रसाद खनाल र साहित्यकारहरु  यादवप्रसाद नेपाल,नरपति पाण्डे, अम्विकाप्रसाद सापकाेटा, बिरेन्द्र खडका ,  रामकुमार उपाध्याय, किराँती राजा,भुमीप्रसाद बास्काेटा,गीता कुवर, उर्मिला ओली ,यशाेदा नेपाल, ललित गीरी लगायतले वाचन गरेका थिए ।

साहित्य कला सङ्गमका पुर्व अध्यक्ष नरपति पाण्डेकाे प्रमुख आतिथ्यतामा र साहित्यकार प्रा डा. गाेविन्दराज भट्टराईकाे बिशिष्ठ आतिथ्यतामा भएकाे उक्त कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष बिष्णु न्याैपानेकाे अध्यक्षतामा भएकाे थियाे भने कार्यक्रमकाे सञ्चालन सङ्गमका काेषाध्यक्ष ओमप्रसाद खनालले गरेका थिए ।साहित्य कला सङ्गमले हरेक महिनाकाे पहिलाे शुक्रवार सिर्जनशिल रचना वाचन कार्यक्रम सञ्चालन गर्दै आएकाेमा याे महिनामा शुभकामना आदान प्रदान र रचना वाचन गरेकाे हाे ।

Facebook Comments Box