दमक/ झापाको दमक ५ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले १३ औं बार्षिकोत्सवको अवसरमा बिरामीलाई फलफूल वितरण गर्नुका साथै संस्थाका कर्मचारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
संस्थाले बार्षिकोत्सवको अवसर पारेर दमक अस्पतालमा भर्ना भएका ४० जना बिरामीलाई फलफुल वितरण गरेको हो ।
अस्पताल परिसरमा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँको प्रमुख आतिथ्य र सहकारी संस्थाका अध्यक्ष दिपक खरेलको सभापतित्वमा भएको विशेष कार्यक्रममा बोल्दै नगर उपप्रमुख भट्टराईले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बार्षिकोत्सवमा सेवामुलक काम रोजेको भन्दै प्रशंसा गरिन् ।

उनले सहकारी संस्थाहरुले वित्तीय कारोबारमा अनुशासनलाई जोड दिनु पर्ने बताउँदै सहकारी अभियानमा देखिएका समस्याहरुको निराकरणमा साझा प्रतिबद्धताको खाँचो औंल्याइन् ।
सो अवसरमा अस्पतालका प्रतिनिधि डा. केशव खनाल, देवी दंगाल लगायतको पनि विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष खरेल, सचिव ज्ञाननाथ पौडेल, कोषाध्यक्ष यामजी श्रेष्ठ, लेखा समिति संयोजक ताराप्रसाद अधिकारी, प्रशासन प्रमुख धर्मानन्द भट्टराई लगायत , कर्मचारीहरु लगायतले बिरामीलाई बेड बेडमा पुगेर फलफुल हस्तान्तरण गरेका थिए ।
संस्थाले बार्षिकोत्सवकै अवसरमा संस्थाको सभाकक्षमा सञ्चालक र कर्मचारीहरुका लागि सहकारी सम्बन्धि काममा क्षमता बिकास तथा अभिवृद्धिका लागि प्रशिक्षण समेत सञ्चालन गरेको छ । सहकारी मेनेजर्स क्लब झापाका अध्यक्ष एवं प्रशिक्षक खोमप्रसाद बगालेले सहजीकरण गरेका थिए ।
कार्यक्रममा संस्थाका झापा, मोरङस्थित विभिन्न सेवा केन्द्रमा कार्यरत कर्मचारी तथा सञ्चालकहरु सहभागी गिए ।
