दमक/ सामाजिक सञ्जाल फेसबुकमा रहेको सूर्यमुखी अनलाईन रोदि घर समुहका माध्यमबाट झापाको दमकमा बस्दै आएकी शारीरिक रुपमा अशक्त मिना जोगीलाई ३० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।

 

ताप्लेजुङ घर भई हाल दमक ८ मा अस्थायी बसोवास गर्दै आएकी जोगीको जीवनयापनमा सहजताका लागि ३० हजार ६ सय ८९ रुपैया सहयोग प्राप्त भएको हो । विशेष गरी वैदेशिक रोजगारमा रहेका सो समुहका अध्यक्ष राजबाबुसहित पदाधिकारी तथा सदस्यहरुले स्वैच्छिक रुपमा संकलन गरेको सो रकम आज बुटबल घर भई यस अघि कतारमा बस्नु भएका भीम बहादुर बुढाथोकीले एक कार्यक्रमका बीच पीडित मिनालाई हस्तान्तरण गर्नु भयो ।

बैशाखीको भरमा हिडडुल गर्दे आउनु भएकी मिना अध्ययनको सिललिलामा ताप्लेजुङबाट १० वर्ष अघि झापा आएकी थिइन् । उनी विगत ५ वर्षदेखि दमकमा वस्दै आएकी छन् । समाजिक सञ्जाल फेसबुकको रोधिघरमा आवद्ध देश तथा विदेशमा रहेका १२ जनाले आर्थिक सहयोग उपलब्ध गराएको बुढाथोकीले जानकारी दिनुभयो । मिठो स्वरकी धनी जोगी विगत केहि दिन यता सो समूहमा आवद्ध भएर दोहोरी समेत गाउने गर्छिन ।

Facebook Comments Box