दमक/ दमक ९ स्थायी घर भई अध्ययनको सिलसिलामा काठमाडौं बस्दै आएकी प्रशंसा रिजालले आफ्नो जन्मदिनमा उर्लाबारीस्थित नमुना बाल गृहका बालबालिकालाई शैक्षिक सहयोग दिएकी छिन् ।
उनले जन्मदिनको केक समेत सो बाल गृहका बालबालिकालाई खुवाएकी छिन् । बिहिबार प्रशंसा आफनी आमा पुनम काफ्ले (रिजाल ) तथा अन्य नातेदार र सामाजिक व्यक्तित्वहरुसंगै बालगृहमा पुगेर जन्मदिन मनाएकी हुन् ।
सो अवसरमा बाल गृहकी सञ्चालक समिति अध्यक्ष मिना बराल लगायतले प्रशंसाको सामाजिक योगदानको प्रशंसा गरिन् ।