दमक/ दमक ६ स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले १५ औ बार्षिक उत्सब सप्ताहव्यापी रुपमा विबिध कार्यक्रमहरु गरिने मनाउँदैछ ।
जेठ ७ गतेदेखि १३ गते सम्म शेयर सदस्य तथा संस्थाका शुभचिन्तकहरुबीच संस्थागत सम्बन्ध बिकास र निरन्तरताको उद्धेश्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
जस अनुसार सातै दिन संस्थाको सभाकक्षमा योग कार्यक्रम सञ्चालन हुनेछ भने ९ गते सुर्यदर्शन अन्तर सेयरसदस्य ब्याडमिन्टन प्रतियोगिता दमक १ स्थित नमुन कभर्ड हलमा सञ्चालन हुनेछ ।
जेठ १० गते दमक नगरपालिका रोड र राधाकृष्ण टोलमा सरसफाइ एवं सय वटा गमलामा विभिन्न प्रजातिका विरुवा रोपिनेछ भने ११ गते अन्तर मा.बि हाजिर जवाफ प्रतियोगिता संस्थाको सभाकक्षमा सञ्चालन गरिनेछ ।
जेठ १२ गते शेयर सदस्यका छोरा छोरीहरु (बाल सदस्य)लाई स्कूल ब्याग तथा शैक्षिक सामग्री वितरणको कार्यक्रम राखिएको छ । त्यस्तै
जेठ १३ गते बार्षिकोत्सव समापनको अवसरमा रक्तदान, सम्मान, तथा पुरस्कार बितरणसँगै सदस्यहरुको समृद्धि –सुर्यदर्शनको प्रबिधि अन्तर्गत सुर्यदर्शन प्रबिधि कार्यक्रम सञ्चालन गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण भण्डारीले जानकारी दिए ।

 

Facebook Comments Box