दमक/ पोखरामा दुई दिन अघि सम्पन्न राष्ट्रिय रग्वी प्रतिष्पर्धामा कर्णाली प्रदेशले प्रथम स्थान ओगटन सफल भएको छ भने कोशी प्रदेश दोश्रो बनेको छ । मुलुकका सातवटै प्रदेश सहभागी प्रतिष्पर्धामा रग्वी खेल अनुभवको आधारमा कोशी प्रदेशलाई कान्छो प्रदेशको रूपमा लिईन्छ ।
पाँचथर, इलाम , झापा , मोरङ, सुनसरी र उदयपुरका खेलाडीहरू सहभागी बनेको कोशी रग्वी टिमले दोस्रो स्थान हासिल गरेको हो ।  रग्वी कोशी टिममा समाबेश भएका ६ वटा जिल्लाका खेलाडीहरू मध्ये झापा मोडल अंग्रेजी माविको तर्फबाट युगल उप्रेती , सुजल श्रेष्ठ र नेहाङ लिम्वूले भाग लिएका थिए । यो प्रतिस्पर्धामा १५ बर्ष मुनिका खेलाडीहरु सहभागी थिए ।
युगल उप्रेती प्रदेशको तर्फबाट उत्कृष्ट खेल खेल्न सफल भई राष्ट्रिय टिममा पर्न सक्ने प्रबल सम्भावना भएका खेलाडीका रुपमा लिइएको झापा मोडलका निर्देशक जयबहादुर श्रेष्ठले बताए ।

 

 

Facebook Comments Box