दमक/ झापाको कमल गाउँपालिकाले कृषकलाई प्रविधिसँग जोड्न कृषि सामग्री तथा मेसिनरी औजार प्रदान गरेको छ ।
गाउँपालिकाले १६७ जना किसानहरुलाई आधुनिक कृषि उपकरणहरु हस्तान्तरण गरेको हो ।
हस्तान्तरण गरिएका सामग्रीमा ७५ प्रतिशत अनुदानमा १ सय १ जनालाई टनेल , ३४ जनालाई मल्चिङ्ग प्लास्टिक रहेका छन भने ५० प्रतिशत अनुदानमा २२ जनालाई स्प्रे टेंकी , ९ जनालाई हाते ठेला र एक जनालाई मकै रोप्ने मेसिन रहेका छन् ।
यो वर्ष वडा बाट सिफारिस भएर आएका कृषकलाई शाखाद्वारा दिइएको निर्देशन अनुसार टनेल घर निर्माण गरिसकेपछि जनप्रतिनिधि र कर्मचारीसहितको संयुक्त अनुगमन पछि मात्रै पारदर्शी ढंगबाट ति सामाग्री वितरण गरिएको कृषि बिकास शाखाले जनाएको छ ।
बेमौसमी तरकारी खेतीमा सहयोग पुरयाउने उद्धेश्यले किसानहरुलाई आधुनिक कृषि उपकरण प्रदान गरिएको पनि गाउँपालिकाले जनाएको छ । बिहिबार (आज)
ति सामग्री हस्तान्तरणको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले
कृषकहरुलाई वेमौसमी तरकारी खेतीमा प्रोत्साहन गरि तरकारीमा आत्मनिर्भर बनाउन त्यस्तो सहयोग गरिएको उल्लेख गरेका छन् ।

प्रदान गरिएका सामग्रीको अधिकतम सुदपयोग गरेर उत्पादन बृद्धि गर्न पालिका अध्यक्ष राईले किसानलाई आग्रह गरे ।
आगामी बर्षमा कृषिलाई थप आधुनिकीकरण तर्फ लान कमलले कृषिलाई प्राथमिकता दिदैं आएको पनि कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा गाउँपालिकाका कृषि शाखा प्रमुख महेन्द्र बोहोराले प्राप्त भएका सामानमा समस्या देखिएमा खरिद कम्पनीले साटिदिने प्रतिबद्धता जनाएको बताउँदै प्रयोग पूर्व परिक्षण गरेर ति सामानलाई प्रयोगमा ल्याउन किसानलाई आग्रह गरे । यो बर्ष कृषि यान्त्रिकरणमा ९ लाख रुपयाँको सामान खरिद गरेर ५० देखि ७५ प्रतिशत अनुदानमा गाउँपालिका भित्रका सर्वसाधारणलाई उपलव्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

Facebook Comments Box