दमक/ दमक नगर बाल सञ्जालको आयोजना र नगरपालिकाको सहयोगमा नगरस्तरीय बाल गायन प्रतियोगिता सम्पन्न भएको छ ।
नगरका सामुदायिक र संस्थागत गरि २९ बिद्यालयका प्रतिस्पर्धी बाल प्रतिभाहरुबीच भएको सो प्रतियोगिताको शनिबार सम्पन्न फाइनल चरणको प्रतिस्पर्धामा दमक १ स्थित इन्स्पायर इङलिस स्कूलकी छात्रा दिवानी लिम्बु प्रथम भएकी छिन् ।
त्यसैगरी दमक ५ स्थित सर्वोदय इङलिस स्कूलकी छात्रा दिक्षिता मिश्र दोश्रो , झापा मोडल अंग्रेजी माविकी छात्रा गरिमा लिम्बु तेस्रो भएका छन् भने एलाइड बोर्डिङ स्कूल र सयुजा सिटौला र एकता एकाडेमीका एन्जल गहतराज सान्तवना घोषित भएका नगरपालिकाले जनाएको छ ।

दमक नगरपालिकाका प्रमुख राम कुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न फाइनल चरणको प्रतिस्पर्धामा विजेता बाल प्रतिभाहरुलाई बधाई तथा शुभकामना दिँदै नगर प्रमुख थापाले स्थानीय सरका बाल प्रतिभाहरुको बिकास गर्दै बालबालिकाहरुको सर्वाङिगण बिकासमा प्रतिबद्ध रहेको उल्लेख गरे ।