आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध दक्षिण अफ्रिकालाई तेस्रो झड्का लागेको छ ।
नवौँ ओभरको पाचौँ बलमा ट्रिष्टन स्टुब ३१ रन बनाउँदा अक्षर पटेलको बलमा बोल्ड आउट भए।

दक्षिण अफ्रिकाले दोस्रो विकेटका रुपमा तेस्रो ओभरको तेस्रो बलमा कप्तान एडेन मारक्रमलाई ४ रनमा गुमाएको थियो। पहिलो विकेटका रुपमा दक्षिण अफ्रिकाले दोस्रो ओभरको तेस्रो बलमा ओपनर रिजा हेनड्रिकलाई ४ रनमा गुमाएको थियो।

भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले नवौँ ओभरको खेल जारी रहँदा ३ विकेटको क्षतिमा ७१ रन बनाएर खेलिरहेको छ।

क्रिजमा क्वीन्टन डी कक २९ रनमा अविजित छन्।
भारतका लागि जसप्रित बुमराह, अक्षर पटेल र अर्षदिप सिंहले समान एक विकेट लिए।

 

Facebook Comments Box