भद्रपुर/ झापाको भद्रपुर- १० स्थित चन्द्रगढी निवासी प्रसिद्ध साहित्यकार चूडामणि रेग्मीलाई मस्तिष्क घात भएको छ । गएराति क्रिकेट हेरेर सुतेका रेग्मीलाई बिहानीपख मस्तिष्क घात भएको थियो । उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छोरा प्रदीपमणि रेग्मीले जानकारी दिए ।
उनलाई उपचारका लागि अझै दुई दिन डाक्टरहरूको निगरानीमा राख्नु पर्ने रेग्मीका नाति समेत रहेका डा. रविन रेग्मीले जानकारी दिए । साहित्यकार रेग्मी झर्रो नेपाली आन्दोलनको अगुवा र भाषाविद् हुन ।