विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले बिहिबार झापाको झिलझिलेस्थित नेकपाको उत्पादन केन्द्रमा सामुहिक धान रोपाइँ गरेका छन् ।

पार्टी केन्द्रिय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन सिंह सी ,पार्टी केन्द्रिय सदस्य प्रशान्त ,जिल्ला सचिव संजय सी, प्रदेश सदस्य हुकुम सी र सौगात सी लगायत पार्टी नेता कार्यकर्ताको उपस्थितिमा आत्मानिर्भर कृषि उत्पादन तथा बचत समुहको आयोजनामा एक बिगाहा १० कठ्ठा जमिनमा धान रोपाइँ कार्यक्रम सम्पन्न गरिएको सो पार्टीले जनाएको छ ।

धान रोपाइँको शुभारम्भ गर्दै केन्द्रिय सदस्य सुमन सिले नेपालमा दलाल पुँजीवादी अर्थ नीतिले कंगालीकरण बढाएको र परनिर्भर अर्थतन्त्रको बिकास गरेकोले आफुहरुले समाजबादी अर्थ नीति अन्तरगत एकीकृत पुँजीको स्वामित्वको नीतिलाइ लिएर देशैभर आत्मानिर्भर अर्थतन्त्रको ,आत्मानिर्भर पार्टी तथा नेताकार्यकर्ता ,देश र जनता भन्ने मुल नारासहित पार्टी धान रोपाइँमा लागेको उल्लेख गरे ।

धान रोपाइँ कार्यक्रमले नेपालको राजनीति र वर्तमान अवस्थालाई बमको धक्का भन्दा ज्यादा कम्पन दिने उनको जिकिर थियो । उनले भने– यो पनि क्रान्ति हो । हामी निराश हुनुहुन्न युवाहरु बिदेश जानु हुन्ने देश हामी युवाहरुले नै बनाउने हो भन्दै नेता सिंहले अहिले मुलुकमा देखिएको क्रान्तिको आवश्यकतालाई युवाहरुलेनै पुरा गर्नुपर्ने समय आएको बताए ।
रोपाइँ कार्यक्रममा पार्टीका नेताकार्यकर्ता तथा युवा विद्यार्थी , स्थानीयहरुसहित करिब ७० भन्दा धेरै सहभागी भएका पार्टीका झापा जिल्ला सचिव संजय सीले बताए । यस्तै भद्रपुर उत्पादन केन्द्रमा पनि यहि २८ गते रोपाइँ कार्यक्रम गरिने बताइएको छ ।

Facebook Comments Box